लागूऔषधसहित चार जनालाई पक्राउ

हेटौंडा टुडे
२४ माघ २०७९, मंगलवार ११:१५

हेटौँडा|प्रहरीले सुनसरी र पर्सा दुई छुटाछुट्टै जिल्लाबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरीबाट दुई जना र पर्साबाट दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–१७ चतरा मार्गबाट लागूऔषध गाँजा ४ किलो १८० ग्रामसहित २ जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका–१ बस्ने ३२ वर्षीय योगराज राई र ३४ वर्षीय दुर्गा राई रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीले को १४ प ९३४३ नम्वरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूको साथ उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको जनाएको छ ।

यस्तै, प्रहरीले आइतबार नै पर्साको वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित लागूऔषध वनरेक्स १०० एमएलको ३५८ बोतलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जगरनाथपुर गाउँपालिका–१ बिसुनपुर्वा बस्ने २० वर्षीय अबु अयुव असरफ र वीरगञ्ज महानगरपालिका–२ छप्कैया बस्ने २८ वर्षीय ईजहार आलम रहेका छन् ।

वडा प्रहरी कार्यालय विर्ता र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त टोलीले ना २ च ७९०५ नम्बरको टाटा सुमो गाडीलाई जाँच गर्ने क्रममा गाडीको बर्नटमा सेतो प्लाष्टिकको २ वटा बोराभित्र लुकाईछिपाइ ल्याएको उक्त लागूऔषध फेला पारी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो । दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*