हेटौडा। बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसे नियुक्त भएका छन् । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मंगलबार बिहान बसेको चालिसेलाई आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेको हो ।
लुम्बिनी प्रदेशको बर्दियाका चालिसे जनसङ्ख्या र बुढ्यौलीविद् हुन् । हाल उनी ललितपुर बस्दै आएका छन् । उनी त्रिभुवन विश्व विद्यालयमा जनसङ्ख्या विषय अध्यापन समेत गराउँछन् ।अध्ययन र अनुसन्धानमा क्षेत्रमा क्रियाशील चालिसे विश्व स्वास्थ्य सङ्गठन जेनेभाको स्वस्थ बुढ्यौली शताब्दी कार्यक्रमका विज्ञ सदस्य समेत हुन् ।
सेयर गर्नुहोस्