हेटौँडाको आल्मदमार–भोर्ले सडक निर्माण सुरु, मन्त्री श्रेष्ठद्वारा शिलान्यास

हेटौंडा टुडे
२६ माघ २०७९, बिहीबार १०:४३

हेटौँडा । बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले हेटौँडा उपमहानगरपालिका वडा नंबर १२ मा रहेको आल्दमार–भोर्ले सडकको शिलान्यास गरेका छन् ।बागमती प्रदेश सरकारको लगानी रहेको स्ल्याब ढलान सहितको सडक शिलान्यास गर्दै मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकार जनताले थाहा पाउनेगरि विकासको गतिविधिमा अघि बढने बताए । प्रदेश सरकार गठन भएपछि जनताले विकासको लहर आएको अनुभव गर्न पाएको बताउँदै उनले सरकारले विकासका थप गतिविधिलाई अघि बढाउँदै प्रदेशमा शुसासन कायम गर्न समेत अघि बढने धारणा ब्यक्त गरे ।

२० लाख रुपैँयाको लगानीमा निर्माण आरम्भ गरिएको सडक २ सय ५ मिटर लम्बाई र ६ मिटर चौँढाई रहेको छ । सडक निर्माणपछि वडा नंबर १२ का बासिन्दाले वडा नंबर ११ नवलपुरमा निर्माण भएको नयाँपुलबाट हेटौँडा बजारक्षेत्रमा आवतजावतको लागि सहज अवस्था हुनेछ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*