हेटौंडा|प्रेम मानव जीवनको भावनात्मक शब्द हो । तर, यसलाई परिभाषित गर्न असम्भव छ । प्रेमलाई शब्दमा परिभाषित गर्न उचित पनि हुँदैन् । जसरी हामीले हावामा उडिरहेको फुलहरुको सुगन्ध देख्न सक्दैनौं तर अनुभव गर्न सक्छौं । त्यस्तै प्रेम पनि एक भावना हो । प्रेम विभिन्न मानिस, फरक उमेर र विभिन्न सम्बन्धको लागि फरक हुन सक्छ ।
जुन प्रेम आकर्षणबाट सुरु हुन्छ, त्यो क्षणिक हुन्छ । आकर्षण कम या समाप्त भएमा प्रेम लुप्त हुन्छ । जुन प्रेम सुख, सुविधाबाट प्राप्त हुन्छ, घनिष्ठता त हुन्छ तर, स्थायी उत्साह, आनन्द र खुशी भने मिल्दैन । प्रेम अनन्त हुन्छ । तपाई प्रेमको जति नजिक जानुहुन्छ, त्यती नै आकर्षण लाग्छ । प्रेम आकाश जस्तै अनन्त छ, जसको कुनै सिमा छैन् । प्रेमको कुरा हर कोहीले गर्छन् तर यसलाई बुझ्ने विरलै भेटिन्छन् ।
प्रेमको रुप
बच्चा जव आफ्नो आमाको गर्भबाट बाहिर आउँछ । उसको लागि प्रेमको अर्थ आमा हुन्छ । एक प्रेमीको लागि उसको प्रेमिका हुन्छ । उदाहरणको लगि लैला–मजनु, रोमियो–जुलियट, मुना–मदन आदि ।
प्रेम दुःखदायी पनि हुन सक्छ । किनकी, प्रेम प्राप्त गर्नको लागि केही गुमाउनु पनि पर्छ । बदलामा केहि नपाइकन केहि गुमाउनुमा केहि कष्ट हुँदैन् भने यसको मतलव तपाईको उ प्रति सच्चा प्रेम हो । निश्चल, निष्कपट त्यागको विना तपाई प्रेमलाई बुझन सक्नुुहुन्न ।
प्रेम अनमोल हुन्छ । तर, निःशुल्क पाइन्छ । तपाईले तय गर्न सक्नुहुन्न, प्रेम कहिले, कहाँ र कति बेला हुन्छ । प्रेम न त बेच्न सकिन्छ न किन्न । कसैले पनि कसैलाई प्रेम गर्न बाध्य पार्न सकिदैन् । प्रेम एक सर्वशक्तिशाली अनुभुति हो । आफ्नो भावनाको प्रकट गर्नको लागि यसको उपयोग या दुरुपयोग पनि गनै सक्छन् ।
प्राचिन ग्रिक वासीले प्रेमलाई ७ शब्दमा परिभाषित गरेका छन्–
स्टोगे: प्राकृतिक स्नेह जुन प्रेम हामी आफ्नो परिवारलाई दिन्छौं ।
इरोज: यौन या कामुक इच्छा । यो सकारात्मक या नकारात्मक पनि हुन सक्छ ।
अगप: विना शर्तको स्वाभाविक प्रेम
ल्युडस: क्रिडात्मक प्रेम, बच्चाको प्रेम, छेडखानी या फ्लर्टिङ
प्राग्मा: दिर्घकालीन प्रेम, जुन विवाहित जोडीमा हुन्छ ।
फिलिया: मानसिक प्रेम
फिलौटिया: स्वयंमा प्रेम
हामी जुन कुरा अनुभव गर्छौ, त्यसलाई हाम्रोे मस्तिष्कको दायाँ भागले नियन्त्रण गर्छ भने हाम्रो भाषालाई मस्तिष्कको बायाँ भाग कन्ट्रोल गर्छ । यदि हामी धेरै पटक र भिन्न परिस्थितिमा भनिरहन्छौं कि म तिमीलाई माया गर्छु । यसले प्रेम कमजोर पारिदिन्छ । जस्तैः हामी दिनभरिमा एउटै कुरा भन्न सक्छौं । आई लभ म्युजिक, आई लभ आइसक्रिम, आई लभ क्रिकेट, आई लभ यु जस्ता शब्द प्रयोग गर्छौ । वास्तकितामा यो प्रेमको भावना शायद नै हुन्छ ।
एक वैज्ञानिकको अनुसार:
प्रेम एक केमेस्ट्री हो । जैविक रुपमा यो एक न्युरोलोजिकल स्थिति हो । जस्तै, भोक या प्यास । तर, यसलाई हामी धेरै समयसम्म अनुभव गर्न सक्छौं । धेरैजसोले भन्ने गर्छन, प्रेम अन्धो हुन्छ । किनभने यसमा हाम्रो कन्ट्रोल हुँदैन् ।
प्रेम अस्थाई यौनइच्छा हो, जसमा केहि रसायन टेस्टोस्टेरोन र ओस्ट्रोजन हुन्छ । सच्चा प्रेममा मस्तिष्कबाट अन्य रसायनको मिश्रण फेरोमोस, डोपामाइन, नोरएपिनफ्राइन, सेरोटोरिन, अक्सीटोसिन, वेसोप्रेसिन निस्कन्छ ।
एक दार्शनिकका अनुसारः
प्रेम एक भावुक प्रतिबद्धता हो । यो कुनै व्यक्ति, समाज, देश या प्रकिृतिसँग हुन सक्छ ।
एक उपन्यासकारका अनुसारः
प्रेमबाट ठुल्ठुला उपन्यास र कथाको जन्म लिन्छ । प्रेम यहि कुरामा निर्भर रहन्छ कि तपाई कोसँग कुन परिस्थितिमा हुनुहुन्छ र कति सुरक्षित हुनुहुन्छ । तपाईलाई त्यति नै जरुरी लाग्छ, जसरी साँस फेर्नको लागि हावाको आवश्यकता हुन्छ । यसलाई गुमाउँदा तपाईलाई शारिरक र मानसिक पिडा हुन्छ ।
एक भिक्षुका अनुसारः
प्रेमलाई परिभाषित गर्नुभन्दा सजिलो यसलाई अनुभव गर्नुहुन्छ । हामी सबै आफन्त र कुनै पनि चिजभन्दा बढि प्रकृतिसँग प्रेम गर्छौ । प्रेम त्यो हो, जसले कसैलाई कष्ट पुर्याउँदैन् । बरु, हामीले यसको लागि मुल्य चुकाउनुपर्छ ।
एक मनेवैज्ञानिकका अनुसारः
प्रेम एक प्राकिृतिक शक्ति हो । त्यसमा हाम्रो धेरै कन्ट्रोल हुँदैन् । जस्तो मौसम, चन्द्रमा या सौर्यमण्डल । जसमा हाम्रो कन्ट्रोल हुँदैन् । केहि व्यक्तिका अनुसार प्रेम दुई व्यक्तिकोबीच एक असाधारण सम्बन्ध हो जुन परस्पर विश्वास, सम्मान र स्नेहसँग जोडिएको हुन्छ । र जति गहिरो हुन्छ त्यतिनै प्रेम गहिरो हुन्छ ।
किंग सोलेमनको भनाईः
जुन तरिकाले तपाईले पानीमा आफ्नो प्रतिबिम्व देख्नुहुन्छ । पुरुषको मन पनि त्यस्तै हुन्छ । तपाइलाई कसले प्रेम गर्छ भने तपाईको मनमा उसको प्रेमको महसुस गर्छ ।