हेटौंडा| हिजोदेखि मकवानपुरको हेटौंडामा पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ सुरु भएको छ ।
आज आइतबार दीउसो ३ बजेबाट सातदोबाटो क्लब ललितपुर र नेपाल ए.पि.एफ. काठमाण्डौंबीचको खेल रहने भएको छ।
हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा खेलको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले उद्घाटन गरिन् । हिजोभएको उद्घाटन खेलमा नवजनजागृति युवा क्लब सिमरालाई हराउदै घरेलु टोली मकवानपुर(११ ले बिजयी सुरुवात गरेको छ ।
२–० गोलअन्तरले सिमरालाई पराजित गर्दै मकवानपुर अन्तिम आठमा स्थान बनाउन सफल भएको हो । मकवानपुरकोे जितमा प्रितम स्याङ्बोले १२ र फागुराम चौधरीले ३९ औं मिनेटमा गोल गरेका थिए ।
सेयर गर्नुहोस्