डिप्रेसन भए नभएको कसरी थाहा पाउने ?

हेटौंडा टुडे
२९ माघ २०७९, आईतवार १५:१०

हेटौंडा| डिप्रेसनलाई दिग्दारी रोग पनि भनिन्छ । डिप्रेसनका बिरामी नेपालमा मात्रै नभएर विश्वमै दिन प्रतिदिन बढ्दै गइरहेको छ । के हो डिप्रेसन ? किन हुन्छ डिप्रेसन र बच्न के गर्ने ? मनोचिकित्सक डाक्टर सृजना महर्जन यसो भन्छिन्:— विभिन्न अध्ययन रिर्पोट अनुसार नेपालमा डिप्रेसनका बिरामी १० देखि १५ प्रतिशतसम्म छन् ।

डिप्रेसनले तुरुन्तै त्यस्तो नकारात्मक प्रभाव नपार्ने र मानिसको ज्यान लिइनहाल्ने भएकाले पनि धेरैले यस रोगलाई वास्ता गरेको पाइदैन् । तर, बेलैमा यसको सही उपचार भएन भने ज्यानै जाने सम्भावना पनि हुन्छ ।

डिप्रेसन हुने कारण

वंशाणुगत प्रभाव ।
चिन्ता लिनु ।
तनाव, स्टे«समा काम गर्नु ।
जीवनमा कुनै आकास्मिक दुर्घटनाको असर पर्नु, जसलाई मस्तिष्कले झेल्न नसक्नु ।
असफलता वा सोचे अनुकुलको काम नहुँदा सामान्य रुपमा लिन नसक्दा पनि डिप्रेसन हुन सक्छ ।
डिप्रेसनका लक्षण

डिप्रेसन हुँदा तुरुन्त लक्षण नदेखिन पनि सक्छ । तर, बिस्तारै यस्ता लक्षण देखिन सक्छ ः—

  • *उदास हुने
    *निरास हुने
    *कम्जोरी महसुस हुने
    *हीनता बोध
    *इच्छाशक्तिको कमी
    *दीक्दारीपन
    *समाजमा प्रस्तुत असहज ठान्ने

यसकारण डिप्रेसनलाई बेवस्था गर्नुहुँदैन

हाम्रो समाजमा डिप्रेसनलाई रोगको रुपमा लिने चलन अझै विकास भएको छैन् । डिप्रेसनका बिरामीलाई उल्टै विभिन्न आक्षेप लगाउँदा बिरामीको अवस्था गम्भीर हुनेगर्छ । सुरुवाती चरण वा कुनै पनि लक्षणको शंका लागेका मनोचिकित्सककोमा जानुपर्छ । परिवारका सदस्यले पनि शौहार्द वातावरण तय गर्यो भने डिप्रेसन छिट्टै निको हुन्छ । अन्यथा मानिसको ज्यानै जाने खतरा हुन्छ । आत्महत्याको प्रमुख एक कारण डिप्रेसन पनि हो ।

यस्ता व्यक्तिलाई डिप्रेसनको सम्भावना बढी 
पछिल्लो समय युवायुवतीलाई डिप्रेसनले बढी नै सताउने गरेको छ । यद्यपि, डिप्रेसन सबै उमेर समूहका व्यक्तिमा हुन्छ । मानसिक, पारिवारिक, सामाजिक, आर्थिक अवस्था, कामको प्रकृति आदिले डिप्रेसन हुने नहुने कुराको निर्धारण गर्छ । डिप्रेसनबाट बच्न यसो गर्ने
* तनाब नलिने
* जस्तो सुकै परिस्थितीलाइ पनि सामान्य रुपमा लीने
* नीयमित व्यायम र्गने
* स्वास्थ्य खानामा ध्यान दीने
* परिवारका अग्रजलाई यस्तो रोगलागेको भए आफुलाई पनि समय समयमा मनोचिकीत्सकको परार्मशमा रहने

डिप्रेसनको उपचार

डिप्रेसनको समयमै पहिचान गरी उचित उपचार गर्यो भने छिट्टै निको हुन सक्छ ।दक्ष चिकित्सकको सल्लाह बमोजिम डिप्रेसनको अवस्था हेरी दुई प्रकारले उपचार गर्न सकिन्छ

१ औसधीको सेवन
२ परार्मश (साइको थेरापि )
यो उपचार गरिसकेपछि बिरामी र्पुण निको भइ पहीलेको जस्तै व्यबहार दोहोराउन सक्छ। यसर्तफ भने बीरामी स्वयं र परिवारका सदस्य सचेत रहनु र्पछ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*