हेटौंडा । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आउँदो वैशाख १० गते उपचुनाव हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेको नागरिकता विवादका कारण सांसद पद खारेज भएपछि रिक्त रहेको उक्त स्थानमा उपचुनाव हुने भएको हो ।
आइतवार बसेको निर्वाचन अयोगको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६८ बमोजिम चितवन २ मा आउँदो वैशाख १० गते गर्ने निर्णय गरेको हो ।
सेयर गर्नुहोस्