हेटौंडा। नेपाल सरकारले जनयुद्ध दिवसको अवसर सोमबार(आज) बिदा दिनपनि बैङ्क भने खुल्ला रहने भएको छ।
नेपाल राष्ट्र बैंकले एक सुचना जारी गरी देशभरका बैंकहरुलाइ अत्यावश्यक सेवा प्रवाह नरोक्न भन्दै सेवाग्रहीहरुको हितमा ध्यानमा राखी बिहान १० बजेदेखी साढे १ बजेसम्म बैंक सञ्चालन गर्न निर्देशनसमेत दिएपछि सेवा अबरूद्द नहुने भएको हो । ‘नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत बैंकिङ सेवा प्रदान गर्न बिहान १० बजेदेखी दिउँसो साढे १ बजेसम्म बैंक तथा वित्तिय संस्थाका आवाश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन हुन यो सुचना जारी गरिएको छ,’ राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सुरुमा कर्णाली र बागमती प्रदेशले बिदा दिएको आज नेपाल सरकारले पनि हिजो दिउँसो देशभर जनयुद्ध दिवस मनाउन देशभर सार्वजनिक बिदा दिएको हो।
सेयर गर्नुहोस्