हेटौंडा|अचेत अवस्थामा फेला परेका हेटौंडाका कृष्णबहादुर सुनारको मृत्यु भएको छ । ६३ वर्षीय सुनारको आईतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, मृतक सुनार आईतबार बिहान साढे ६ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ कान्तिराजपथ सडकखण्डस्थित ओम भवन नजिकैको सडक पेटीमा अचेत अवस्थामा भेटिएका थिए ।
हेटौंडा–१२ घर भएका उनलाई वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरी टोलीले नाक र कानबाट रगत बगिरहेको अवस्थमा तत्काल उद्धार गरी हेटौंडा अस्पताल लगिएको थियो । उपचारको क्रममा चिकित्सकले उनको अवस्थामा गम्भीर रहेको भनि जानकारी गराएपश्चात परिवारले घर लगिएको र उनको आईतबार साँझ सवा ७ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
सेयर गर्नुहोस्