
हेटौंडा । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको ‘स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप’ फुटबल प्रतियोगिता –२०७९ अन्तर्गत सोमबार भएको खेलमा विरगजं युनाईटेड पर्सा विजयी भएको छ । हेटौंडा –५ स्थित पिप्ले क्याम्पा रंगशाला हेटौंडामा फागुन १० गते हुने जारी पाँचौ संस्करण खेलमा सोमबार दिउँसो ३ बजे भएको खेलमा विरगजं युनाईटेड पर्साले एनआरटी क्लब काठमाडौंलाई ३–२ गोल अन्तरले पराजित गरेकोे हो । विरगजं युनाईटेडको तर्फबाट कृष्ण चौधरीले २ र बिवेक चौधरीले एक गोल गरे । यस्तै एनआरटी क्लब काठमाडौंको तर्फबाट दिनेश आले र ललिनुन जामाले समान एक–एक गोल गरेका थिए । प्रतियोगिताको उपाधि विजेता टोलीले नगद १५ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रोयल इन्फिल्ड बुलेट मोटरसाइकल पाउने छन् । प्रतियोगितामा विद्यागत उत्कृष्ट खेलाडीले २५ हजार र म्यान आफ दि म्याच खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

