हेटौंडा उपमहानगरद्वारा ५४ औं स्थापना दिवसमा २३ जना सम्मानित

हेटौंडा टुडे
२ फाल्गुन २०७९, मंगलवार १०:३४

हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले स्थापना दिवसको अवसरमा उपमहानगरलाई यो अवस्थासम्म ल्याउन योगदान पु¥याएका पूर्व जनप्रतिनिधिदेखि विभिन्न विधाका २३ जनालाई सम्मान गरेको छ । उपमहानगरको ५४ आंै स्थापना दिवसमा आयोजित कार्यक्रममा उपमहानगरका पहिलो मेयर हरिबहादुर महत, तत्कालीन हेटौंडा नगरपालिकाका २ पटकका नगर प्रमुख डोरमणि पौडेल र निरशंकर श्रेष्ठलाई सम्मान गरिएको छ ।

नगरपालिकाको स्थापनादेखि नगरको विकास लगायतका कार्यमा योगदान पुयाएका व्यक्तिहरुलाई सम्मान गरिएको बताइएको छ । हेटौंडा नगरपालिकाका संस्थापक नगर प्रमुख बासुदेव रिजाललाई मरणोपरान्त सम्मान प्रदान गरिएको छ । स्थापना दिवसमा नगरको विकासमा योगदान पु¥याएको भन्दै पत्रकारिता क्षेत्रतर्फ गोर्खापत्र दैनिकका राममणि दाहाल, शिक्षातर्फ डेण्टीजंग शाह, वातावरणतर्फ श्यामप्रसाद श्रेष्ठ, खेलकुदतर्फ फुटबलकी पेमा डोल्मा लामा, सामाजिक क्षेत्रतर्फ चन्द्रबहादुर घलान, हिरादेवी दाहाल, साहित्यतर्फ तुल्सी थापा, स्वास्थ्यतर्फ वेला बैद्य, धार्मिकतर्फ इश्वरीप्रसाद न्यौपाने, इतिहास खोजकर्तातर्फ केदारप्रसाद न्यौपाने र शिक्षामा पहिलो महिला प्रधानाध्यापक बेली थापालाई सम्मान गरिएको छ ।

उपमहानगरले २०२६ सालमा तत्कालीन नगर पञ्चायतको पहिलो माइनुटमा हस्ताक्षर गर्ने पुष्पहरि जोशी, गोपाल शर्मा, निरशंकर श्रेष्ठ, लक्ष्मी नेपालीलाई सम्मान गरेको छ । यस्तै तत्कालीन हेटौंडा क्षेत्र पञ्चायतका प्रधानपञ्च बुद्धिलाल राजथलालाई मरणोपरान्त सम्मान गरिएको छ ।
तत्कालीन उपप्रधानपञ्च तिलकप्रसाद दुलाल, शम्भुप्रसाद भट्टराई तथा भीमफेदीमा रहेको जिल्ला सदरमुकामलाई हेटौंडा ल्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै तत्कालीन मकवानपुर जिल्ला पञ्चायतका पहिलो महिला सभापति ओमूटेम्पा लामालाई सम्मान गरेको छ ।
स्थापना दिवसमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरकाका मेयर मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।

स्थापना दिवसमा हेटांैडा उपमहानगरपालिकामा कार्यरत २५ बर्ष सेवा अवधि पूरा गरेका ३८ कर्मचारीलाई दीर्घसेवा पदक, नगद २५ हजार राशी प्रदान गरिएको थियो । बारुण यन्त्र र नगर प्रहरीका ९ जनालाई कर्तव्यनिष्ट तथा ९ जना उत्कृष्ठ कर्मचारीलाई नगद ७५ हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*