हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीका सडक दुई महिनाका लागि बन्द

हेटौंडा टुडे
२ फाल्गुन २०७९, मंगलवार ११:०८

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीका दुईवटै सडक हिजोदेखि २ महिनाका लागि बन्द गरिएको छ ।हेटौंडाबाट भिमफेदी(कुलेखानी(फाखेल(हुमाने(फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक र हेटौंडाबाट भिमफेदी(कुलेखानी(सिस्नेरी(दक्षिणकाली(फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक निर्माण थालिएकाले आजदेखि दुई महिनासम्मका लागि बन्द गरिएको हो ।

वैकल्पिक सडकको रुपमा कान्ति लोकपथ र थानकोट(चित्लाङ्ग(मार्खु(कुलेखानी(भिमफेदी खण्डबाट यातायात सञ्चालन गर्ने र यी समग्र कामको समन्वय भौतिक पूर्वाधार विकास मन्त्रालयले गर्ने निर्णय भएको छ ।

हेटौंडा(काठमाडौं छोटो दूरीको मार्ग अन्तर्गत ठाउँठाउँमा निर्माणका कामहरु भइरहेका छन् । यो छोटो दूरीको मार्ग निर्माण गर्नका लागि बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका कार्यालयहरुले विभिन्न ठाउँमा ठेक्का लगाएर काम भइरहेका छन् । यो सडक अन्तर्गत भैँसे(भिमफेदी खण्ड, हेवी कलङ्की(हुमाने खण्ड र हुमाने(फर्पिङ खण्डको सडक र कुलेखानी(सिस्नेरी(छैमले(दक्षिणकाली खण्डको निर्माण कार्य भइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*