हेटौंडा|दक्षिण कोरियाली राष्ट्रपतिका विशेष दूत सुङ मिन जङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । जङ नेतृत्वकाे ८ सदस्यीय टाेलीले मंगलबार बिहान प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेकाे हाे ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सदृढ बनाउने, आर्थिक सहयोग आदान-प्रदानलगायतका विषयमा महत्वपूर्ण छलफल भएको थियो ।
सेयर गर्नुहोस्