हेटौंडा|ट्रकको ठक्करबाट वीरगन्जमा सोमबार राति एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरापालिका–२० अपौनीका नागेन्द्र ठाकुर रहेका छन् ।
राति करिब साढे ७ बजेतिर वीरगन्ज–२० स्थित अपौनी चोकमा बहुअरीबाट परवानीपुरतर्फ गइरहेको बा प्र ०३–००१ ख १४१८ नम्बरको ट्रकले परवानीपुरबाट अपौनीस्थित आफ्नो घरमा आउने क्रममा अपौनी चोकबाट साइकललाई दायाँ मोड्दै गरेका ठाकुरलाई ठक्कर दिएको थियो । साइकलमा सवार ठाकुर सडक किनाराको सिमेन्ट रेलिङमा च्याप्पिइ सख्त घाइते भएका थिए ।
तत्कालै पर्साका प्रहरी उपरीक्षक कोमल शाहको कमान्डमा प्रहरी टोली खटिएको थियो । टोलीले घाइते नागेन्द्र ठाकुरलाई उद्धार गरी नारायणी अस्पताल पुर्याएको थियो । चिकित्सक टोलीले ईसिजी लगायतको जाँच गर्दा ठाकुरको मृत्यु भइसकेको घोषणा गरेको थियो ।
ट्रकसहित चालक मकवानपुर थाहा नगरपालिका–४ का ३३ वर्षीय रमेश गोम्बालाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरी रहेको छ ।