हेटौंडाकी बिन्दबासिनी रास्वपाको केन्द्रीय सदस्यमा चयन

हेटौंडा टुडे
२ फाल्गुन २०७९, मंगलवार १८:२३

हेटौंडा| राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा हेटौंडाकी बिन्दबासिनी कंशाकार चयन भएकी छीन् । रास्वपाको सोमबार बसेको बैठकले बिन्दबासिनीलाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय भएको हो।

बिन्दबासिनीसँगै १६ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ। बिन्दबासिनी मंसिरमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक सूचीमा थीइन्। १६ जना सदस्य मनोनित गरेसँगै रास्वपाको केन्द्रीय समिति ४० सदस्यीय भएको छ।

यसैगरी बीन्देवासीनीसंगै नीशा मेहेता रुपा शंकर विजय जैरु मेघ आर्ले मोहन बहदुर थापा खुस्नुसरकार श्रेश्ठ टिका संग्रौला ज्वाला हरि भट्ट ध्रुव गिरि लिला अधिकरि रमेश प्रशाइ अर्जुन अधिकारि क्रान्तिशिखा धिताल प्रतिभा रावल र गोमा क्षेत्री रहेका छन्।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image