हेटौंडा| टर्किएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ४१ हजारभन्दा बढीको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । दुवै देशमा हजारौँ घरबारविहीन भएका छन् ।
खोज तथा उद्धारमा संलग्न सरकारी अधिकारीहरूका अनुसार टर्किएमा ३५ हजार चार सय १८ जना तथा सिरियामा पाँच हजार आठ सय जनाको मृत्यु भएको छ । टर्किएमा आठ हजारभन्दा बढीलाई भग्नावशेषबाट उद्धार गरिएको छ ।
सिरियामा ५३ लाख मानिस घरबारविहीन भएका छन् । टर्किएमा दुई सय १५ भन्दा बढी पराकम्पन महसुस भएको छ । टर्किएमा ४६ लाख तथा सिरियामा २५ लाख बालबालिका भूकम्पबाट प्रभावित भएका छन् ।
सेयर गर्नुहोस्