मदिरा सेवन गरेर कुटपिट गरेको आरोपमा कलाकार पवन खतिवडा ‘म्याकुरी’ पक्राउ

हेटौंडा टुडे
३ फाल्गुन २०७९, बुधबार १७:४३

हेटौंडा| कलाकार पवन खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएकोे छ । म्याकुरी नामले चिनिएका कलाकार खतिवडालाई मोरङको बेलबारीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

हास्यकलाकार खतिवडा म्याकुरी नामले चर्चित छन् ।

बेलबारी नगरपालिका ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा त्यहाँको प्रहरीले उनलाई र उनीसँग रहेका रमेश भण्डारीलाई पक्राउ गरेको हो ।

मदिरा सेवन गरेर उनीहरुबीच झगडा भएको र त्यही क्रममा उनले कार्कीमाथि हातपात गरेका हुन् ।

उनीहरुबीच मेलमिलाप गरेर छाडिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image