हेटौंडा । खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी र उनकी आमा घाइते भएका छन् ।
बुद्धनगरस्थित निवासमा बुधबार राति करिब १० बजेको समयमा ग्यास सिलिन्डर विस्फोट भएको थियो । विस्फोटबाट भण्डारी र उनकी आमा घाइते भएको भण्डारीको सचिवालयले जानकारी दिएको छ ।
भण्डारीको शरीरको २५ प्रतिशत भाग र आमाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको बताइएको छ । अहिले दुबैजनाको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ ।
सेयर गर्नुहोस्