हेटौंडा|नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बिहीबार बालुवाटार पुगेका छन्।
आज बिहान अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।
भेटवार्तामा दुवैबीच राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएकाे सचिवालयले जनाएकाे छ।
निर्वाचन आयाेगले राष्ट्रपतिकाे चुनावकाे मिति ताेकिसकेकाे छ। आयाेगका अनुसार राष्ट्रपतिकाे निर्वाचन फागुन २५ गते हुँदैछ।
एमालेले राष्ट्रपतिमा दावी गर्दै आइरहेकाे छ भने प्रधानमन्त्री दाहाल एमालेलाई राष्ट्रपति दिने मनसायमा छैनन्। उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन्।
राष्ट्रपति चयनकै कारण सत्तागठबन्धन टुट्न सक्ने आंकलन हुँदै आएकाे छ।
सेयर गर्नुहोस्