हेटौंडा | मकवानपुरको मनहरी गाउँपालिका-८ दारिमबासबाट ५ किलो ५७० ग्राम लागूऔषध गाँजासहित तीन भारतीय पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा भारत बिहारको थाना बेतिया ग्राम पर्वत पथराई ५ बस्ने २५ वर्षीय सम्सोदिन अंसारी, ४५ वर्षीय श्याम किशोर सिंङ र सोही ठाउँका १९ को दुर्लब कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अंसारीले १ किलो ९५० ग्राम, सिंङले ७५० ग्राम र कुमारले १ किलो ९६० ग्राम गाँजा बोकेको प्रहरीले जनाएको छ ।
आज बिहान बागमती प्रदेश प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कृष्णराज ढकालको कामण्डमा खटिएको टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्