मनहरीमा स्कुटर दुर्घटना हूदा स्कुटर चालकको मृत्यु

हेटौंडा टुडे
५ फाल्गुन २०७९, शुक्रबार १०:४२

हेटौंडा।  मनहरी गाउँपालिका वडा नम्बर – ६ मा कन्टेनर ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ। मनहरी– ६ रामडाडाँमा चितवनबाट हेटौंडा तर्फ आउदै गरेको ना ५ ख ३५५७ नम्बरको डिब्बा ट्रकले बिपरित दिशाबाट आउँदै गरेको गा १५ प ३९६९ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक महिलाको ज्यान गएको हो।

ज्यान जानेमा घटनास्थलमा मृतककोबाट प्राप्त चालक अनुमतिपत्र अनुसार कास्की निर्मल पोखरी २ बस्ने अन्दाजी ३७– ३८ बर्षीया अमृता परियार रहेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी टेक बहादुर कार्कीले बताएका छन्। ठक्कर दिने ट्रक तथा चालक इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image