हेटौंडा| सुन-चाँदीको भाउ घट्ने क्रमले शुक्रबार पनि निरन्तरता पाएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, बिहीबार छापावाल सुन तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो । शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ १२ सय ८५ रुपैयाँ कायम रहेको थियो ।
सेयर गर्नुहोस्