हेटौंडा| नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीकी आमाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ । उनकी आमा हरिकला भण्डारीको हिजो ८६ वर्षको उमेरमा कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको थियो ।
गत बुधबार राति ग्यास लिक भएर आगलागी हुँदा जलेकी उनको हिजो बिहान उपचारकै क्रममा निधन भएको हो । उनका पाँच भाइ छोरामध्ये दुई भाइको निधन भइसकेको छ भने दाहसंस्कारमा दुई भाइ सहभागी भएका छन् ।
नेता भण्डारीको भने नेपालमा उपचार हुन नसकेपछि भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचार भइरहेको छ ।
सेयर गर्नुहोस्