हेटौंडा| राष्ट्रपति निर्वाचन नजिँदै जाँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दौडधुप रफ्तारमा बढाएका छन् । प्रधानमन्त्री बनेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्राय पटक पटकजसो भेटवार्ता गर्दै आएका प्रचण्ड शुक्रबार ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन् ।
राष्ट्रपतिमा समझदारी खोजिरहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेसबाटै राष्ट्रपति बनाएर नयाँ राजनीतिक कोर्स अघि बढाउन खोजिरहेका छन् । तर, अध्यक्ष ओलीले सत्ता गठबन्धन दलको समझदारीअनुसार राष्ट्रपति आफ्नै पोल्टामा पर्नुपर्ने अडान राख्दै आएका छन् ।
तर, कसलाई राष्ट्रपतिमा अघि बढाउने भन्ने विषयमा प्रचण्ड र ओलीबीच ठोस निर्णय भइसकेको छैन । र, यहिँ विषयमा छलफल र सझदारी खोज्न प्रचण्ड बालकोट पुगेका हुन्।
राष्ट्रपति कस्लाई बनाउने भन्ने विषयमा बिहीबार पनि प्रचण्ड– ओलीबीच बालुवाटारमा छलफल भएको थियो । तर, सहमतिको बिन्दूमा पुग्न सकेनन् ।
उता, कांग्रेसले भने सभामुखदेखि नै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि भाग खोज्दै आएको छ । र, राष्ट्रपति पाइन्छ भन्नेमा ढुक्क छ । तर, यता एमाले अध्यक्ष ओलीले त्यो चाहेका छैनन् ।