हेटौंडा| नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । बैठक सोमबार अपरान्ह ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने भएको हो ।
बैठकमा फागुन २५ गते हुने राष्ट्रपति चुनाव र समसामयिक राजनीतिबारे छलफल हुने जनाइएको छ । राष्ट्रपतिमा सत्ता गठबन्धनबाट एमालेको दावी छ भने प्रतिपक्ष कांग्रेसले पनि दावी गर्दै माओवादीसंग सहयोग मागेको छ ।
आइतबार साँझ कांग्रेसका शीर्ष नेताहरुले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम तालिका रहेको छ ।
सेयर गर्नुहोस्