मनहरीमा हातिको आक्रमणबाट एक महिला घाईते

हेटौंडा टुडे
८ फाल्गुन २०७९, सोमबार १३:१५

हेटौंडा|मनहरी गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजना महिला घाइते भएकी छिन । मनहरी गाउँपालिका वडा नं ४ स्थित गोलघरमा हात्तीले स्थानीय महिलामाथि आक्रमण गरेको छ । करिब ६० वर्षीय राधा अधिकारी हात्तीको आक्रमणबाट घाइते भएको स्थानीयले बताएका छन । अधिकारीको उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पताल ल्याइएको स्थानीयबासिले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image