हेटौंडा | राष्ट्रपति निर्वाचनका लागि आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्वाचन आयोगले जनाएको छ । सङ्घीय संसद भवन परिसरमा स्थापना हुने कार्यालयको दिउँसो १ बजे उद्घाटन गर्ने तयारी गरिएको छ ।
यही फागुन २५ गते हुने निर्वाचनको मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल नियुक्त भएका छन् । आयोगले जारी गरेको कार्यतालिका अनुसार ११ गते बुधबार मतदाताको नामावली सार्वजनिक गरिने छ । यस्तै १३ गते शनिवार उम्मेदवारी दर्ताको कार्यक्रम तय भएको छ ।
सेयर गर्नुहोस्