नेप्से २३ अंकले घट्यो

हेटौंडा टुडे
८ फाल्गुन २०७९, सोमबार १५:२३

हेटौंडा| सोमबार सेयर बजारको परिसूचक नेप्से २३।६० अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०४६ अंकमा कायम भएको छ । दिनभर १ अर्ब ९४ करोडको कारोबार भयो । कुल ३२ कम्पनीको मूल्य बढ्दा १७७ को घट्यो भने ७ को स्थिर रहृयो । धेरैजसो उपसमूह ओर्लिएका छन् ।

बैंकिङ १०, विकास बैंक ३८, फाइनान्स १४, होटल तथा पर्यटन २७, जलविद्युत् २४, जीवन बीमा ८६, उत्पादन १६४, माइक्रोफाइनान्स १०५, निर्जीवन बीमा ६३, अन्य २२ अंक घटे । ब्यापार उपसमूह भने ९ अंक बढ्यो । राप्ती हाइड्रोको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । जीवन विकास लघुवित्तको सबैभन्दा धेरै ९।५ प्रतिशत घट्यो । उपकार लघुवित्तको ७ र हिमालयन डिस्टिलरीको ५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, साल्ट ट्रेडिङ, जीवन विकास लघुविक्त, एनआईसी एसिया बैंक र सानिमा बैंक त्रमशः अगाडि रहे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*