हेटौंडा| नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवारका लागि प्रस्ताव गरेका छन् ।
आइतबार एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भएको भेटमा ओलीले राष्ट्रपतिकाे प्रस्ताव गरेका हुन् । ओलीले पार्टी एकतासहित राष्ट्रपतिमा नेपाललाई प्रस्ताव गरेको बताइएको छ ।
राष्ट्रिय सहमतिमा राष्ट्रपति बन्न नेपाल तयार छन्। उनले यसमा लागि एमाले र माओवादीको प्रस्ताव र कांग्रेसको समर्थन हुनुपर्ने बताउँदै आएका छन् ।
सेयर गर्नुहोस्