आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

हेटौंडा टुडे
९ फाल्गुन २०७९, मंगलवार १३:५५

हेटौंडा|अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । हरेक वर्षको फेब्रुअरी २१ मा यो दिवस मनाउने गरीन्छ ।

“यो भाषाहरुको ब्रह्माण्डमा हरेक शब्द एक तारा बराबर हुन्” भन्ने नाराका साथ यो दिबस मनाउने परम्परा सुरू भएको हो ।

यूनेस्कोले सन् १९९९ लाइ विशेष दिनको रुपको रुपमा स्वीकार गरे संगै संयुक्त राष्ट्रसङ्घ महासभाले सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिनलाइ अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रुपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन सुरु गरिएको हो ।

नेपालमा भने विसं २०६६ सालदेखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । सन् २००८ लाई अन्तर्राष्ट्रिय भाषा वर्षको रूपमा मातृभाषाको संरक्षणका लागिसंयुक्त राष्ट्र सङ्घको आह्वानमा जागरण स्वरूप मनाइएको थियो । नेपालमा बोलिने भाषाहरु १३१ वटा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*