नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख

हेटौंडा टुडे
९ फाल्गुन २०७९, मंगलवार १४:४०

हेटौंडा|नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको छ।

भारतमा उपचाररत भण्डारीले मंगलबार दोहोरो संवाद गरेका छन्।

भण्डारीको साथमा रहेका माधव न्यौपानेका अनुसार भेन्टिलेटर हटाएर उनलाई नर्मल मास्कबाट अक्सिजन दिइएको छ।

उनको कल्चर रिपोर्ट आज आउँदै छ।

उनको स्वास्थ्य पारामिटर नर्मल रहेका उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

उनको सुन्निएको अनुहार सामान्य बन्दै गृएको छ। समग्र स्वास्थ्य अवस्था नै सामान्यतर्फ गइरहेको न्याैपानेले जानकारी दिए। फागुन ३ गते राति बुद्धनगरस्थित घरमा खाना पकाउन प्रयोग हुने सिलिन्डरमा लिकेज भएर आगलागी हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए। घाइते भएका दुवै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गरिएको थियो। उपचारको क्रममा आमाको निधन भएको हो भने भण्डारीलाई उपचारको लागि मुम्बईको नेसनल बर्न सेन्टर लगिएको छ।

उपचाररत भण्डारीको स्वाथ्य अवस्था सुधारोन्मुख छ। कांग्रेस नेता भण्डारी गुल्मी १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*