जिपको ठक्करबाट बालकको मृत्यु

हेटौंडा टुडे
९ फाल्गुन २०७९, मंगलवार १५:५२

हेटौंडा|पर्साको ठोरी गाउँपालिका–४ मा आज जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने १३ वर्षीय विश्वास श्रेष्ठ रहेका छन् । दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा तराई अस्पताल विरगंजमा बिहान सवा १० बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कोचिङ पढेर घर फर्कने क्रममा बालकलाई वाग्मती प्रदेश–०१–०२६ च ०३०३ नम्बरको स्कारपियो जिपले आज बिहान ठक्कर दिएको हो । ठक्कर दिने जिपसहित चालकलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*