मकवानपुर गोल्डकपको फाईनल आज

हेटौंडा टुडे
१० फाल्गुन २०७९, बुधबार १०:३४

हेटौँडा । मकवानपुरको हेटौँडामा जारी स्थानीय तह सहित स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाईनल खेल आज हुने भएको छ । फाइनलमा दुई एडिभिजन टोली मनाङ मस्याङ्दी र हिमालयन शेर्पा क्बलबीच प्रतिस्पर्धा हुँदैछ। हेटौंडा उपमहानगरपालिका–५ स्थित पिप्ले क्याम्पा रंगशालामा मनाङ र शेर्पाले उपाधिका लागि भिड्ने छन् । खेल आज दिउँसो २ बजे सुरु हुनेछ ।

मकवानपुर गोल्डकपको चार वटा संस्करण सकिदा पहिलो पटक मनाङ र शेर्पा फाइनलमा पुगेको हो । यी दुई टोलीको उपाधि भिड्न्त निकै रोमाञ्चक हुने अनुमान छ । मनाङले सशस्त्र प्रहरीको एपिएफ र शेर्पाले क्यामरुनको एभिनियर एफसीलाई हराउँदै फाइनल यात्रा तय गरेको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image