हेटौंडा|राष्ट्रपति चुनावका लागि आज मतदाता नामावली सार्वजनिक हुँदैछ । निर्वाचन आयोगले यसअघि नै जारी गरेको कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्ने भएको हो ।
राष्ट्रपति निर्वाचनमा संघीय संसद् अन्तरगतका प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसद मतदाता हुन्छन् । जसअनुसार, सातै प्रदेशका प्रदेश सभा सचिवालयले मतदाताहरूको सूची पठाइसकेका छन् ।
आगामी फागुन २५ मा हुने राष्ट्रपति चुनावका लागि मतदान अधिकृतको रूपमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकिएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा राष्ट्रपति चुनावका लागि हुने मतदानका लागि सोही स्थानमा दुई वटा मतदान केन्द्र हुनेछन् । यस्तै, उक्त चुनावका लागि फागुन १३ मा उम्मेदवारी दर्ता गर्न राजनीतिक दललाई आयोगले जानकारी गराइसकेको छ ।
सेयर गर्नुहोस्