हेटौंडा|नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
उनीहरुबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । दुई नेताबीच एक्लाएक्लै वार्ता भइरहेको हो ।
उनीहरुबीच राष्ट्रपति निर्वाचनको उम्मेदवारीबारे छलफल भइरहेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
यही फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारीको मनोनयन दर्ताको दिन नजिकिंदै गर्दा सत्तारूढ दल र अन्य दलहरुबीचका भेटघाट तीब्र भएका छन् ।
सेयर गर्नुहोस्