बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

हेटौंडा टुडे
१० फाल्गुन २०७९, बुधबार १५:४४

हेटौंडा| सुदूरपश्चिम प्रदेशको बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस भएको छ।

आज (बुधबार) दिउँसो पौने दुईमा बाजुरा केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको हो।

बझाङ र अछाम लगायत सुदूरपश्चिमका पहाडी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*