हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका निजि तथा सामुदायीक विद्यालयहरुमा माध्यामिक तह कक्षा ८ को परिक्षा चैत्र ९ गतेबाट सुरु हुने भएको छ ।
स्थानिय सरकार सञ्चालन ऐनले दिएको अघिकारको प्रयोग गर्दै उपमहानगरपालिकाले चैत्र ९ गतेबाट परिक्षा सञ्चालन हुने जनाएको हो । उपमहानगरका शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालका अनुसार परिक्षाको तयारीमा उपमहानगर जुटिसकेको छ ।
अहिले आन्तरीक व्यवस्थापनको कामहरु भैरहेको भन्दै तोकिएको समयमा परिक्षा सञ्चालनका लागि कामहरु चलिरहेको उनले बताए । उनका अनुसार अहिले परिक्षाको लागि प्रश्न पत्रको तयारी थालिएको छ ।
हेटौंडा उपहानगरक्षेत्रमा रहेको ८० बिद्यालयमा अध्यापन गर्ने ४ हजार बिद्यार्थि परिक्षामा सहभागि हुने बताइएको छ । जिल्ला स्तरीय परिक्षामा मकवानपुरमा रहेका अन्य ९ वटा पालिकाले आ– आफ्नो हिसाबले परिक्षाको तयारी गर्ने छन् ।
स्थानिय सरकार सञ्चालन ऐनले दिएको अघिकारको प्रयोग गर्दै २०७४ बाट कक्षा ८ को परिक्षा आन्तरीक रुपमा सञ्चालन गर्न लागिएको महाशाखाले जनाएको छ ।