हेटौंडा| राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत बुधबार सार्वजनिक भएकाे मतदाता नामावलीमा समावेश भएका नाममाथि उजुरी दिने आज अन्तिम दिन हाे ।
पर्न आएका उजुरी माथि छानविन र कारवाही शुक्रबार ३ बजेसम्म हुनेछ भने ४ बजे अन्तिम नामावाली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
मतदाता नामावलीको दाबी विरोधको उजुरी दिने समय आज दिउँसो १२ बजेसम्म हो । प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि बिहीबार १२ बजेसम्म दरखास्त दिन पाउनेछन् ।
यस्तै, नाम समावेश भएका व्यक्तिले आफ्नो नाम, थर, उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।
सेयर गर्नुहोस्