अभिनेता पल शाहको मुद्दाको उच्च अदालत पोखरामा सुनुवाइ हुँदै

हेटौंडा टुडे
१४ फाल्गुन २०७९, आईतवार १६:१९

हेटौंडा|अभिनेता पल शाहको मुद्दाको उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ । बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै नवलपुर जिल्ला अदालतले शाहलाई साढे २ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध उनले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा अहिले पलका वकिलहरुले बहस गरिरहेका छन् । सुनुवाइपछि आजै साँझसम्म आदेश आउन सक्ने सम्भावना रहेको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।

नवलपुर अदालतको फैसलाअनुसार अहिले शाह तनहुँ कारागारमा जेल सजाय बिताइरहेका छन् । नाबालिकालाई बलात्कार गरेको आरोपमा गत फागुन ११ गते उनका बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँ र नवपरासी पूर्व (नवलपुर) मा पलविरुद्ध उजुरी दिएका थिए । त्यसपछि फरार रहेका शाहले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*