अभिनेता पल शाह रिहा

हेटौंडा टुडे
१५ फाल्गुन २०७९, सोमबार १२:२३

हेटौंडा|अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् ।

शाह तनहुँ कारागारबाट आज बिहानै छुटेका हुन् । नाबालिग  बलात्कार आरोपमा उनी एक वर्षअघि तनहुँ कारागार बसेका थिए ।

आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । शाह सुटिङका क्रममा बलात्कार गरेको भन्दै ११ फागुन २०७८ मा पक्राउ परेका थिए ।

नवलपुर जिल्ला अदालतले उनलाई २ वर्ष कैद सजायको फैसला गरेको थियो । तनहुँले अदालतले भने उनलाइ सफाइ दिएको थियो । नवलपुर अदालको फैसलाविरुद्ध पल शाह उच्च अदालत पोखरा पुगेका थिए । उच्चले उनलाई सफाइ दिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image