हेटौंडा । मनहरी गाउँपालीकाका अध्यक्ष रञ्जन कालाखेतीले बालबालीका र वृद्धवृद्धालाई सहयोग गरी आफ्नो जन्मदिन मनाउनु भएको छ । आज ४५ औँ बसन्त पार गरी ४६ औँ वर्षमा प्रवेश गर्दै उहाँले मामाघर नेपालका भाञ्जाहरुसँग केक काटेर जन्मदिन मनाउनुभएको हो । हेटौँडा उपमहानगरपालीका वडा नं ११ मा रहेको मामाघर नेपाललाई रु १० हजार आर्थिक सहयोग पनि प्रदान गर्नुभयो ।
साथै जन्मदिनकै अवशरमा मनहरी ५ का वृद्धवृद्धाहरुसँग पनि केक काटेर खुशीयाली साँटासाँट गर्नुभएको छ । उहाँले ४५ जना वृद्धवृद्धाहरुलाई छाता वितरण गरी आफ्नो जन्मदिन मनाउनुभएको छ ।
असहाय र अभाव भएकाहरुले खुशीको महत्व बुझ्ने भएकाले उनिहरुलाई सहयोग गरी जन्मदिन मनाएको अध्यक्ष कालाखेतीले बताउनुभयो । उहाँहरुको आशिर्वादले जिवनमा सधैव सत्कर्म गर्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
सेयर गर्नुहोस्