प्रधानमन्त्रीप्रचण्ड विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता

हेटौंडा टुडे
२३ फाल्गुन २०७९, मंगलवार १३:४८

हेटौंडा|प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगाएतकाले रिट दर्ता गराएका हुन् । सर्वोच्चले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई पक्राउ गरी अनुसन्धानको माग गरिएको रिट निवेदन दर्ता गर्न आदेश दिएपछि उक्त रिट दर्ता भएको हो ।

शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलाशले रिट दर्ता गर्न आदेश दिएको थियो ।

२०७६ माघीमा टुँडिखेलमा आयोजित कार्यक्रममा दाहादले द्वन्द्वकालमा मारिएका १७ हजार मध्ये ५ हजार जनाको जिम्मा आफूले लिने बताएका थिए ।

रिटमा प्रारम्भिक सुनुवाइको लागि बिहीबार पेसी तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*