हेटौंडा| जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा बुधबार होली पर्व मनाइँदै छ ।
पन्ध्र दिने मिथिला मध्यमा परिक्रमा समापनको भोलि पल्ट मिथिलाञ्चल क्षेत्रमा रंगहरुको पर्व होली मनाउने परम्परा रहेको छ ।
मंगलबार परिक्रमा सम्पन्न भएपछि बुधबार मिठा मिठा परिकार खाँदै एकअर्कालाई रंग दलेर हर्षाेल्लासपूर्वक होली मनाइँदै छ । यसअघि फागुन पूर्णिमाको दिन सोमबार पहाडी जिल्लामा र मंगलबार तराई मधेशका जिल्लाहरुमा होली पर्व मनाइएको थियो ।
असत्यमाथि सत्यको र अधर्ममाथि धर्मको विजयको प्रतीक एवं आपसी सद्भावको पर्वको रुपमा होली मनाउदैँ आउने गरिएको छ ।
सेयर गर्नुहोस्