हेटौंडा| बिहीबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
विगत पाँच सातामा भने सुनको भाउ ६ हजारले घटिसकेको छ । गत माघ १९ गते सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य ओरालो लागेसँगै नेपालमा पनि मूल्य घटेको महासंघले जनाएको छ । चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ४५ रुपैयाँले घटेको छ । महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको छ।
सेयर गर्नुहोस्