आज अन्तर्राष्ट्रिय नारी दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइदै

हेटौंडा टुडे
२४ फाल्गुन २०७९, बुधबार १४:२०

हेटौंडा|आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइदैछ । ‘लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’ भन्ने नाराका साथ दिवस मनाइने भएको हो ।

अन्तर्राष्ट्रिय नारीदिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डासहित दिवस मनाउने गरिन्छ ।

राष्ट्रपति भण्डारीले दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै महिला सशक्तीकरण र लैङ्गिक  समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताइन् । उनले महिलाको नेतृत्व विकास, अवसरको समतामूलक उपलब्धता र वितरण तथा आर्थिक प्रगतिका क्षेत्रमा तय गर्नुपर्ने लामो यात्रा बाँकी नै उल्लेख गरेकी छिन् ।

दिवसका अवसरमा प्रधानमन्त्री दाहालले महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार र राज्यका सबै अङ्गमा समानुपातिक प्रतिनिधित्वका साथै अर्थपूर्ण नेतृत्व स्थापित गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*