हेटौंडा | अभिनेत्री सुरक्षा पन्तले प्रेमी मानव सुवेदीसँग विवाह गरेकी छन् ।
बिहिबार चितवनस्थित सौराहाको एक रिसोर्टमा विवाह गरेका हुन् । सुरक्षाले सामाजिक सञ्जाल मार्फत विवाहको तस्वीर सार्वजनिक गरेकी छन् ।
विवाहमा सुरक्षा र मानवका आफन्तहरुको मात्र उपस्थीती रहेको छ भने मिडियालाई प्रवेश दिइएको छैन । मानव र सुरक्षा लामो समय देखि प्रेम सम्बन्धमा थिए ।
मानव कलाकार तथा निर्देशक हुन् ।
सेयर गर्नुहोस्