राष्ट्रपति निर्वाचनको मतदान सकियो

हेटौंडा टुडे
२५ फाल्गुन २०७९, बिहीबार १५:४९

हेटौंडा | राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । संसद भवन नयाँबानेश्वरमा बिहान १० बजेबाट सुरु भएको मतदान अपराह्न ३ बजे सकिएको हो ।

चुनावको मतगणना ४ बजेपछि हुने भएको छ । राष्ट्रपति उमेदवारका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले गरेको मतगणना सम्बन्धि बैठकमा दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको हो ।

बैठकले मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने निर्णय पनि गरेको छ । संघीय सांसदहरुका लागि रातो र प्रदेश सभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र बनाइएको थियो । मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको थियो ।

राष्ट्रपति निर्वाचनको लागि ९ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेवाङ उम्मेदवार बनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*