हेटौंडा| प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँंग संयुक्त अधिराज्य बेलायतका हिन्दप्रशान्त सहायकमन्त्री एन्नी म्यारी ट्रेभिल्यानले शिष्टाचार भेट गरेकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज शुक्रबार विहान दुई पक्षीय भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटका क्रममा दुई देशबीचको सम्बन्ध सुधार तथा विकास निर्माणमा सहकार्य गर्ने विषयमा छलफल भएको बताइएको छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले बेलायत सरकारले नेपाललाई गर्दैआएको सहयोगको प्रसंशा गरेका थिए ।
सेयर गर्नुहोस्