कविताको शिर्षक : देशको लागी

ईच्छा अधिकारि
२६ फाल्गुन २०७९, शुक्रबार १७:०१

देशको लागी अब मैले कलम चलाउनु छ |
सबलाई मीठो लाग्ने फल यही फलाउनु छ ||

देशको लागी अब मैले पसिना बगाउनु छ |
अज्ञानी र गरिबीलाई सक्षम बनाउनु छ ||

बगैचामा हीरा मोती सुन फुलाउनु छ |
ज्ञानी सक्षम युवाहरुलाई यही भुलाउनु छ ||

यो देशको विकास गर्ने जग बसाउनु छ |
हत्या हींसा बलत्कारको निर्मुल गराउनू छ ||

बुद्धको ज्ञानले नेपाल भराउनु छ |
आधुनिक शिब सृष्टि यही गराउनु छ ||

देशको लागी अब मैले कलम चलाउनु छ |
साक्षर र सक्षम नेपाली अब बनाउनु छ ||

देशको लागी अब मैले पाइला बढाउनु छ |
आत्म निर्भर हुने कथा सबलाइ पढाउनु छ ||

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*