हेटौंडा | आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनको लागि ४ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो।
आयोगले दिएको समयसीमा भित्र सत्ता गठबन्धनको तर्फबाट ३ जना र नेकपा एमालेबाट एक गरी ४ जनाको उम्मेदवारी परको हो । जसमा १० दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी परेको छ ।
सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालबाट २ जना र जनमत पार्टीबाट १ गरी तीन जनाको उम्मेदवारी परेको हो । जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको हो । जनमत पार्टीकी ममता झाले पनि उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।
यसैगरी, नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् ।
सेयर गर्नुहोस्